भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा प्रचण्ड बहुमत ल्याएपछि ममता बनर्जीले बुधवार तेस्रोपटक मुख्यमन्त्री पदको शपथ लिएकी छन् ।
ममताको नेतृत्वमा तृणमूल कांग्रेसको सरकारले निरन्तर तेस्रोपटक कार्यकाल चलाउने भएको छ ।
कोरोनाको निर्देशिकाका कारण शपथग्रहण समारोह छोटो थियो । ममता एक्लैले शपथ लिएकी हुन् ।
मञ्चमा ममता र राज्यपाल जगदीप धनखड मात्र देखिए । उनीहरूले एकअर्कालाई हात जोडेर नमस्कार गरे ।
विधानसभामा कुल २९२ सीटमा चुनाव भएको थियो (दुईवटामा भएन) । तृणमूलले २१३ सीट ल्यायो भने भाजपा ७७ सीटमा स...