भारतको सत्तारुढ गठबन्धन नेशनल डेमोक्रेटिक एलाइन्स(एनडीए)ले उपराष्ट्रपति पदको लागि जगदीप धनखण्डलाई उम्मेदवार बनाएको छ । धनखण्ड सन् २०१९ जुलाईमा पश्चिम बंगाल राज्यको गर्भनर चुनिएदेखि विभिन्न कारणले समाचारमा छाइरहे । यस अवधिमा भएको उनको जति चर्चा भयो त्यति त उनको सम्पूर्ण राजनीतिक करियरमा भएको थिएन । राज्यपालको हिसाबमा शपथ लिएदेखि नै उनको पश्चिम बंगाल सरकार र राज्यको सत्तारुढ दल तृणमूल कंग्रेससँग विभिन्न मुद्दामा टक्करको सुरु भयो । केहीअघि पनि उनी महुआ मोइत्रासँग ‘चुरोट खाँदै गरेको अवस्थ