कार्यपालिका सदस्य घर्तीको मृत्यु

कपिलवस्तुको वाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तीको मृत्यु भएको छ । क्यान्सर पीडित ४२ वर्षीय घर्तीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । वाणगंगा नगरपालिका वडा नं १० निवासी घर्ती गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडा सदस्य तथा कार्यपालिका सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।उनको मृत्युले स्तब्ध बनाएको वाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले बताए ।

सम्बन्धित सामग्री

वडा अध्यक्ष यादवको मृत्यु

सिराह – सिरहाको गोलबजार नगरपालिका–११ का वडाअध्यक्ष रामदेव यादवको निधन भएको छ। मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो। गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा बेहोस भएका थिए। उनलाई थप उपचारको लागि धरान र्पुयाइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए। […]

सिरहा गोलबजार ११ का वडा अध्यक्षको मृत्यु

सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडा अध्यक्ष रामदेव यादवको निधन भएको छ । मुटुरोगबाट पीडित यादवको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको हो । गत माघमा काठमाडौंबाट उपचार गरेर आएका वडा अध्यक्ष यादव दुई दिनअघि गाउँकै बजारमा  बेहोस भएका थिए । उनलाई थप उपचारको लागि धरान पुर्‍याइएको गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य गंगा कुमारीले जानकारी दिए ।उनको तीन छोरी र श्रीमती छन् । उनी नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

धनुषाको हंसपुर नगरपालिकाका मेयर र उपमेयरविरुद्ध पक्राउ पुर्जी जारी

जनकपुरधाम– धनुषामा नगरपालिकाको कार्यालय सार्ने विषयमा भएको झडपमा मृत्यु भएको घटनामा झण्डै दुई वर्षपछि एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा हंसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउत रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। हंसपुरको उक्त घटनामा नगरप्रमुख रामज्ञान मण्डल, उपप्रमुख रेणु झा र वडा नम्बर २ का अध्यक्ष उदय साहविरुद्ध […]

कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु

बागलुङ। बागलुङमा कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु भएको छ। ताराखोला गाउँपालिकाकी ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको हो। श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनलाई आइतबार कोरोना पुष्टि भएको थियो। अस्पतालको आईसीयूमा उपचाररत उनको श्वासप्रश्वासकै समस्याका कारण मृत्यु भएको डा.शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन्।

कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु

बागलुङमा कोरोना संक्रमित १ महिलाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिकाका ३० वर्षीया जनप्रतिनिधि महिलाको उपचारका क्रममा सोमवार राति धवलागिरि अस्पतालमा मृत्यु भएको हो ।  श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल आएकी उनको वैशाख १९ गते गरिएको जाँचमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो । श्वासप्रश्वासकै समस्याका कारण उनको मृत्यु भएको अस्पतालका डा. शैलेन्द्र विक पोखरेलले बताए । उनी गाउँ कार्यपालिका सदस्य थिइन् ।