कास्की – गण्डकी प्रदेशमा आउँदाे असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी १४ वटा खेलका लागि खेलाडी प्रशिक्षण र छनाेट सुरु भएकाे छ । प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडी प्रशिक्षण र छनाेट सुरु गरेकाे हाे । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले कार्यक्रमकाे उद्घाटन गर्नुभयाे ।
पहिलो चरणमा भदौ ३ गतेदेखि १४ वटा खेलको विशेष प्रशिक्षणसहित खेलाडी छनाेट प्रतियोगिता कास्की, नवलपुर, स्याङ्जा र बाग्लुङमा सञ्चालन भएको परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले बताउनु...