काठमाडौंको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा भएको महसूस हुन्छ । यहाँबाट देखिने सगरमाथा, अन्नपूर्ण, गणेश लगायत अन्य हिमश्रृंखला को मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ। अझ चिसो हावाको स्पर्शले सम्पूर्ण थकान मेटएर मनमा नयाँ जोश र उमंग भरिदिन्छ। बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रंग फेर्छ। यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ।