काठमाडौँ । धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीले ज्यान गुमाउँदा सिङ्गो मुलुक आतङ्कित भएको थियो । सिन्धुपाल्चोक, राम्चेकी उनी कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो नेपाली थिइन् । ०७७ जेठ ३ मा उनको निधन भयो ।शव छुन त परको कुरा आसपास जाँदा पनि जिउ सिरिङ्ग हुने माहोल थियो । तर सैन्य जवानहरुले शव टपक्क टिपेर पशुपति आर्यघाटमा ल्याए अनि सैन्य सलामी दिएर दाहसंस्कार गरे ।‘सलामी सैनिक चलन हो,’ नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीसँग भने– &lsq