एकीकृत निर्देशिका संशोधन गर्दै मौद्रिक नीति कार्यान्वयनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन शुरू गरेको छ । राष्ट्र बैंकले मंगलवार एकीकृत निर्देशन २०७७ संशोधन गर्दै मौद्रिक नीतिमा उल्लेख गरेका अधिकांश व्यवस्थाको सम्बोधन गरेको छ । एकीकृत निर्देशनमा सम्बोधन गरिएका व्यवस्थाहरूको मंगलवारदेखि नै कार्यान्वयन प्रक्रिया अगाडि बढ्ने बताइएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई आगामी असार मसान्तभित्र नै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गर्न निर्देशन दिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरू ८५ प्रतिशत सीसीडी रेसियो कायम गर्नुपर्ने व्यवस्था थियो । अहिले पनि कतिपय बैंकहरूको सीडी रेसियो ९० प्रतिशतभन्दा बढी रहेको छ । त्यस्ता बैंकहरूले सीडी रेसियो क्रमिक रूपमा घटाई आगामी असार मसान्तभित्र तोकिएको अनुपातमा ल्याउनुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनअनुसार सीडी रेसियो कायम गर्दा पूँजी कोष र पूँजी कोषको अंगका रूपमा रहेकोबाहेक ऋणपत्र, १ वर्ष वा त्योभन्दा बढी अवधिका लागि विदेशी मुद्रामा लिएको ऋण तथा राष्ट्र बैंकबाट ल्याएको पुनर्कर्जा रकमलाई निक्षेपका रूपमा गणना गर्न सक्नेछन् । यो निर्देशन जारी हुनुपूर्व जारी भएका ऋणपत्रलाई पनि आगामी असार मसान्तसम्मका निक्षेपका रूपमा समेत गणना सकिने निर्देशनमा उल्लेख छ । सीडी रेसियो गणना गर्दा अन्तरबैंक निक्षेपलाई समावेश गर्न नपाइने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले मार्जिन प्रकृतिको एकल ग्राहक शेयर धितो कर्जामा अधिकतम सीमा रू. १२ करोड निर्धारण गरेको छ । अब मार्जिन प्रकृतिको शेयर धितो कर्जामा १ जनालाई बढीमा रू. १२ करोडसम्म कर्जा प्रवाह गर्न सकिन्छ । त्यसमा पनि एक बैंक तथा वित्तिय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाइने राष्ट्र बैंकको भनाइ छ । यस शीर्षकमा प्रवाह भएको कर्जा सीमाभन्दा बढी भए १ वर्षभित्र नै तोकिएको सीमामा ल्याउनुपर्नेछ । ऋणीले कर्जाको भुक्तानी गर्ने अवधि वा आगामी १ वर्षमध्ये जुन पहिले हुन्छ, उक्त अवधिभित्र तोकिएको सीमा ल्याउनुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको छ । कोरोना प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको भुक्तानी म्याद थप र पुनर्तालिकीकरण गर्ने विषयलाई पनि राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको छ । कोरोना प्रभावित रेस्टुराँ, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था र मनोरञ्जन व्यवसाय तथा नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीमा परेको असर मूल्यांकन गरी त्यस्ता ऋणीहरूले २०७८ पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याजको दायित्वलाई १ वर्षसम्म म्याद थप गरिएको छ । कोरोना प्रभावित होटेल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बा≈य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीहरूको कर्जामा २०७९ असार मसान्तसम्म पाक्ने ब्याजलाई छुट्टै हिसाब राख्ने व्यवस्थालाई पनि एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । त्यसरी छुट्टै हिसाब राखिने ब्याजलाई २ वर्षको अवधिमा कम्तीमा ४ किस्तामा असुली गर्ने व्यवस्था गरिएको छ । कोरोनाबाट अतिप्रभावित सार्वजनिक यातायात व्यवसायीलाई सवारीसाधन सञ्चालन तथा मर्मत सम्भारको प्रति सवारीसाधन रू. २ लाखसम्म थप कर्जा प्रदान गरिनेछ । यस्तो थप कर्जाका लागि डेप्ट टु इक्युटी रेसियो र एकल ग्राहक कर्जा सीमा कायम गर्न २०७९ असार मसान्तसम्म अनिवार्य हुने छैन । ऋणीहरूले गत असारसम्म भुक्तानी गर्नुपर्ने ईएमआई÷ईक्यूआई वा अन्य साँवा ब्याज पछिल्लो निषेधाज्ञाका कारण नतिरिएको आगामी पुस मसान्तसम्म भुक्तानी म्याद थप गर्नुपर्नेछ । बैंकहरूले सम्बद्ध ऋणीहरूको वित्तीय स्थिति मूल्यांकन गरेर म्याद थप गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन रहेको छ । राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरूलाई व्यवसायको मोडल परिवर्तन गर्न पनि बाटो खुल्ला गरिदिएको छ । त्यस किसिमको परिवर्तनलाई कर्जाको दुरुपयोग, पुनःसंरचना वा पुनर्तालिकीकरण गणना पनि नगरिने राष्ट्र बैंकको भनाइ छ । प्रवाहित कर्जामध्ये कोरोनाबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला व्यवसायीको कर्जाको हकमा यस्तो व्यवस्था गरिएको हो । उनीहरूको व्यवसायमा ऋणीको लिखित अनुरोधमा परियोजनाको प्रकृति, उद्देश्य फरक ढंगले सञ्चालन गर्न चाहेमा २०७८ चैतभित्र व्यवसाय परिवर्तन गर्न सकिने बताइएको छ । भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्ने अवस्थामा मात्र बंैक तथा वित्तीय संस्थाले ऋणीको अनुरोधमा एक पटकका लागि व्यवसाय परिवर्तन गर्न दिने निर्देशनमा उल्लेख छ । राष्ट्र बैंकले कोरोनाका कारण पर्यटन क्षेत्रमा रोजगारी गुमाएका व्यक्तिहरूलाई व्यवसाय सञ्चालन गर्न रू. १५ लाखसम्म कर्जा दिने व्यवस्था गरेको छ । त्यस्ता ऋणी स्वयम् रोजगार हुने उद्देश्यले सवारीसाधन खरीद गर्न चाहेमा रू. २५ लाखसम्म कर्जा दिइने राष्ट्र बैंकको भनाइ छ । विप्रेषणलाई बैंक निक्षेपमा जम्मा गर्दा न्यूनतम १ प्रतिशत विन्दु बढी ब्याज दिने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ । राष्ट्र बैंकअनुसार बैदेशिक रोजगारीमा रहेका नेपालीको बैंकिङ प्रणालीबाट विप्रेषण पठाएर बैंक निक्षेपमा राखेमा उक्त सुविधा प्रदान गरिनेछ । ब्याजदर कोरिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ५ प्रतिशत कायम गरिएको छ । तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर २ प्रतिशत र नीतिगत दरका रूपमा रहेको रिपो दरलाई ३ दशमलव ५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले महामारीजन्य रोगको उपचारको लागि नेपाल सरकारबाट मान्यताप्राप्त खोप उत्पादन गर्न स्थापना हुने उद्योगलाई आधार दरमा नै कर्जा दिन बैंकहरूलाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संथाले कृषि, हस्तकला तथा शीपमूलक व्यवसाय एवम् उद्यम व्यवसाय (आयातसम्बन्धी व्यवसाय बाहेक) सञ्चालनका रू. १ करोडसम्म कर्जा दिनुपर्ने भएको छ । त्यस्तो कर्जामा आधारदरमा २ प्रतिशत प्रिमियम थपेर ब्याज निर्धारण गर्नुपर्नेछ । रू. २० लाखसम्म यस्ता कर्जा प्रवाह गर्दा मोटर बाटो नभएको खेतीयोग्य जमीनलाई पनि बैंक तथा वित्तीय संस्थाले धितोको रूपमा स्वीकार गर्नुपर्नेछ । साथै, प्रत्येक शाखाले यसप्रकारको कर्जासम्बन्धी निवेदन प्राप्त भएको ७ कार्य दिनभित्र स्वीकृत गर्नुपर्ने र स्वीकृत हुन नसक्ने भएमा त्यसको स्पष्ट कारण ग्राहकलाई लिखित रूपमा दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

सम्बन्धित सामग्री

सन्तुलित मौद्रिक नीति ल्याउन सुझाव

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरिरहँदा वित्त नीतिसँग तालमेल हुने खालको सन्तुलित मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाव दिएका छन्।...

‘मौद्रिक नीति सन्तुलित आएको छ’

काठमाडौँ : नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले मौद्रिक नीति सन्तुलित आएको बताएका छन् । खबरहबले आयोजना गरेको मौद्रिक नीतिमाथिको छलफलमा बोल्दै पछिल्लो समय अर्थतन्त्र संकटमा पर्ने अनुमान भइरहेका बेला उनले मौद्रिक नीति सन्तुलित आएको बताएका हुन् । मौद्रिक नीतिका सीमिततालाई ध्यान दिएर सरकारले मौद्रिक नीति बाहिर ल्याएको पनि उनको भनाई छ । […]

मौद्रिक नीति २०७९/८० : एक मूल्यांकन

मुलुकको अर्थतन्त्र असहज स्थितिमा रहेको भन्दै सार्वजनिक भाषणमै संकुचनात्मक मौद्रिक नीति आउने संकेत गरिरहेका गभर्नरले चालू आर्थिक वर्ष २०७९/८० का लागि संकुचनात्मक मौद्रिक नीति सार्वजनिक गरेका छन् । सरकारले बजेट पेस गरेपछि नेपाल राष्ट्र बैंक (एनआरबी) मौद्रिक नीति ल्याउने अघिल्लो परम्परालाई जस्तै २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेका छन् ।मौद्रिक नीति भनेको त्यो प्रक्रिया हो […]

मौद्रिक नीति भोलि आउने

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले भोलि आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति ल्याउने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति भोलि सार्वजनिक गरिने जानकारी दिए । राष्ट्र बैंकअन्तर्गत अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीति यसपटक अलिक कसिलो भएर आउने बुझिएको छ । राष्ट्र बैंकले यही सोमबार नै नीति ल्याउने तयारी गरेको थियो […]

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक...

मौद्रिक नीति सार्वजनिक (लाइभ)

काठमाडौं, साउन २९ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७८/२०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै । राष्ट्र बैंकले साउन पहिलो साता नै मौद्रिक निति ल्याउने तयारी गरेको भएपनि असार अन्तिम साता भएको सरकार परिवर्तनले मौद्रिक नीति पछि सरेको हो ।

मौद्रिक नीति सार्वजनिक हुँदै, कस्ता नीति आउला ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रवार) मौद्रिक नीति सार्वजनिक गर्दैछ । दिउँसो सवा ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी गरेको छ ।  बिहान बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।  अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटलाई सहयोग पुग्नेगरी सार्वजनिक हुने मौद्रिक नीति यस वर्ष विगतमा भन्दा ढिला सार्वजनिक हुन लागेको हो ।  यस अघि राष्ट्र बैंकले साउन पहिलो सातामा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको ...

आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष२०७८/७९को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। बैंककाअनुसार२८दिन ढिलो गरी मौद्रिक नीति ल्याउन लागिएको हो। यसअघिको सरकार हुँदा नै मौद्रिक नीति तयार भएपनि देउवा नेतृत्वको नयाँ सरकार गठन भएपछि सरकारको योजना र नीति थप गर्ने क्रममा मौद्रिक नीति ढिलो भएको हो। सरकारले न्यूनतम साझा कार्यक्रमको घोषणा गरेपछि बजेटलाई नकुरी आज मौद्रिक नीति ल्याउनेछ।

मौद्रिक नीति यसै साता सार्वजनिक हुने

२५ साउन, काठमाडौं । सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति यहीँ साताभित्रमा सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले आगामी शुक्रबारसम्म मौद्रिक नीति सार्वजनिक गर्ने गरी तयारी सकेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनि गर्ने तयारी रहेको बताए । आन्तरिक तयारी पुरा नभएक कारण केही ढिला […]

मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साउन ७ गतेभित्रै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति लेखन कार्य सकेर व्यवस्थापन समितिमा छलफल पनि सकेको छ । साउन ५ गते अर्थात आज मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंक थियो । तर सरकार परिवर्तनले गर्दा मौद्रिक नीति एक दुई दिन पछाडि धकेलिन पुगेको […]