बैतडी : भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालयहरूमा पठनपाठन थालिएको छ। कोरोनाका सक्रिय संक्रमित शून्य रहेका स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्न थालेका हुन्। जिल्लाको मेलौली नगरपालिकाका विद्यालय साउन १० गतेदेखि खोलिएका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनःसञ्चालन गर्ने जनाएको छ। यी दुबै स्थानीय तहमा हाल कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बाल