उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौँ। काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी कोरोनाको महामारी तीव्र रूपमा बढिरहेकाले यस्तो निर्णय गएिको जनाएको छ। “निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय यही वैशाख ३० गतेदेखि बन्द गर्ने/गराउने व्यवस्थाका लागि जानकारी गराइन्छ,” प्रशासनद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ। (रासस)

सम्बन्धित सामग्री

प्रशासनको अत्यावश्यकबाहेक सबै सेवा बन्द

हेटौंडा ।  जिल्ला प्रशासन कार्यालय मकवानपुरले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको छ । शुक्रबार हुनलागेको स्थानीय तह निर्वाचनअन्तर्गत प्रशासन कार्यालयमा कार्यरत कर्मचारी मतदान केन्द्रमा खटिने भएकाले कार्यालयबाट प्रवाह हुने अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघ–संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको […]

संक्रमण बढेसँगै पाल्पा प्रशासनमा अत्यावश्यकबाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यकबाहेक अन्य सेवा स्थगन गरेको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरबाट अत्यावश्यकबाहेकका सेवा स्थगित

जिल्ला प्रशासन कार्यालय ललितपुरले शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरेको छ ।  कार्यालयका कर्मचारीहरू कोरोना संक्रमित भएको र होमआइसोलेसनमा भएकाले बुधवारदेखि लागू हुने गरेर सेवाहरू स्थगित गरिएको हो ।  प्रशासन कार्यालयका अनुसार नागरिकता, नागरिकता प्रतिलिपि, संघ/संस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।  शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा नियमित रहने पनि प्रशासन कार्यालयले...

हेटौँडामा मालपोत कार्यालय र नापी कार्यालय एक हप्ताका लागि बन्द

मकवानपुर -  कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न  फरक फरक मितिअनुसार सेवा दिने गरि समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो । नागरिकताको प्रतिलिपि र राहदानीका लागि आउँदो शुक्रवारसम्म समयसीमा तोकिएको छ भने नयाँ नागरिकताका लागि भदौ ७ गते सोमवारदेखि भदौ १२ गते शुक्रवारसम्म तोकिएको छ । शान्ति सुरक्षा...

खोप कार्यक्रममा ठेलमठेल : कोरोना टार्ने कि सार्ने ?

सुनसरीको इटहरी उपमहानगरपालिकाले कोरोना फैलिएको भन्दै मंगलबारदेखि नगरपालिका र वडा कार्यालयका अत्यावश्यकबाहेक काम बन्द गर्‍यो। सात दिनका लागि कार्यालय बन्द गरिए पनि कोरोनाविरुद्ध खोप लगाउन भने नगरवासीको भीड लाग्यो। सोमबार सुरु खोप कार्यक्रममा स्थानीयवासी ठेलमठेल गरी सहभागी भएका थिए।  दूरी पालना गर्न आह्वान गर्ने उपमहानगरपालिका र त्यसको पालना गर्नुपर्ने नगरवासी दुवैको हेलचेक्र्याइँको उदाहरण खोप केन्द्रमा देखियो। ‘नगरपालिका एकातिर सामाजिक दूरी कायम गर्नु भन्दै माइकिङ गर्छ, अर्कोत

भोलिदेखि काठमाडौंमा अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं उपत्यकामा भोलि बिहीवारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ संक्रमणको जोखिम बढ्दो क्रममा रहेकाले निषेधाज्ञाको अवधिभर त्यस्ता कार्यालय बन्द रहने जनाइएको छ ।काठमाडौं प्रशासनले बुधवार एक सूचना जारी गरी कोरोनाको महामारी तीब्र रूपमा बढ...

झापामा निषेधाज्ञा वैशाख मसान्तसम्म, अत्यावश्यकबाहेक सबै बन्द

झापा : भारतको बंगाल तथा विहार राज्यसँग जोडिएको झापामा कोरोना भाइरस फैलिने अवस्था भयावह देखिएसँगै जिल्ला प्रशासन कार्यालय झापाले  निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ।जिल्लामा वैशाख १९ गतेदेखि लगाइएको आंशिक निषेधाज्ञाको निर्णयलाई पुनः सच्याउँदै प्रशासन कार्यालयमा मंगलबार बेलुका बसेको जिल्ला स्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले वैशाख २२ गते बुधवार मध्यराति १२ बजेदेखि वैशाख ३१ गते मध्यराति १२ सम्म पूर्ण रुपमा निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमु

'श्वास'को छैन अभाव : २४ घण्टै सञ्चालनमा छन् अक्सिजन प्लान्ट

काठमाडौं: काठमाडौं उपत्यकामा बिहीबारबाट निषेधाज्ञा लागू छ। कोभिड १९ संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले अत्यावश्यकबाहेक अन्य सम्पूर्ण गतिबिधिमा रोक लगाएका छन्। सडकमा भीडभाड देखिँदैन। 'चेन ब्रेक' गर्न जारी गरिएको निषेधाज्ञामा मानिसहरु घरभित्रै बस्न बाध्य छन्। तर बालाजुको सडकको दृश्य भने दिनको दुई समय फरक देखिन्छ। कार्यालय समयमा बालाजुमा मानिसहरुको आवतजावत बाक्लिन्छ। धेरै…

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्धारा अत्यावश्यकबाहेक सेवा स्थगित

काठमाडौं, १२ बैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ । सो […]

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द

काठमाडौं :  उपत्यकाका तीन वटै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने भएका छन्।  आइतबार अपराह्न तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखको बैठकले यस्तो निर्णय गरेको हो। सोमबारदेखि लागु हुनेगरी एक साता कार्यालय बन्द हुने निर्णय गरिएको छ। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमित संख्या बढ्दै गएको छ। उपत्यकामा बढ्दो कोरोना जोखिम र यसले निम्तिने संकटलाई लिएर प्रशासन गम्भीर रहेकाले यस्तो निर्णय गरिएको काठमाडाैं जिल्ला प्रशासन कार्यालयका प्रमुख कालीप्रसाद पर