नेपाल राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमा बढाएको छ। मंगलबार एकीकृत निर्देशन-२०७८ जारी गर्दै राष्ट्र बैंकले सीमा बढाएको हो ।
राष्ट्र बैंकले खाताबाट वालेट र वालेटबाट अन्य बैंक खातामा प्रतिकारोबार ५० हजार रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँ तोकिदिएको छ। यसअघि यो सीमा प्रतिकारोबार २५ हजार रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँ थियो।
यस्तै, यसअघि वालेटमा अधिकतम २५ हजार रुपैयाँभन्दा बढी मौज्दात ओभरनाइट राख्न नपाइने व्यवस्थालाई बढाउँदै ५० हजार रुपैयाँ पुर्याइए...