लामो झोलुंगे पुलले बढायो बागलुङमा पर्यटक

बागलुङ : दुई वर्ष अघिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या न्यून थियो। धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे।तर अहिले बजारमा समेत आन्तरिक पर्यटकको भिड हुने गरेको छ। बागलुङ र पर्वत जोड्ने विश्वकै लामो दाबी गरिएको झोलुंगे पुल निर्माण भएपछि यहाँ आउने पर्यटकको संख्या बढेको छ।पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन्। धौलागिरीका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजा

सम्बन्धित सामग्री

झोलुंगे पुलले बढायो आन्तरिक पर्यटक

डोटेली राजदरबारको भग्नावशेष तथा धार्मिक क्षेत्र दुधेश्वरमा पछिल्लोपटक आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ५ का अग्ला दुई डाडामा ऐतिहासिक कोटभैरव र दुधेश्वर अवस्थित छन् । वर्षौंदेखि ओझेलमा रहेका यी क्षेत्रमा पर्यटक ओइरनुको कारण भने झोलुंगे पुल हो ।