डोटेली राजदरबारको भग्नावशेष तथा धार्मिक क्षेत्र दुधेश्वरमा पछिल्लोपटक आन्तरिक पर्यटकको ओइरो लाग्न थालेको छ । दिपायल सिलगढी नगरपालिकाको वडा नं. २ र ५ का अग्ला दुई डाडामा ऐतिहासिक कोटभैरव र दुधेश्वर अवस्थित छन् । वर्षौंदेखि ओझेलमा रहेका यी क्षेत्रमा पर्यटक ओइरनुको कारण भने झोलुंगे पुल हो ।