नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई आगामी निर्वाचनको समानुपातिक सूचीका लागि सिफारिस नगर्न मातहतका समितिलाई सर्कुलर गरेको छ । माओवादी केन्द्र प्रदेश १ को विराटनगरमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।‘प्रत्यक्ष र समानुपातिककमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ मातहतको कमिटीमा पठाएको सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा क्लस्टर मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्र