प्रदेश १ : संसदीय दलको नेता आइतबार चयन गर्ने एमालेको तयारी

विराटनगर : प्रदेश १ मा नेकपा एमालेले पुस १० गते संसदीय दलको नेता चयन गर्ने भएको छ। एमालेले दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलाएको छ।प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिए। उनले बैठकबाट नै दलको नेता सर्वसम्मत चयन हुने बताए। प्रदेश १ को सबैभन्दा ठूलो दलको रुपमा रहेको नेकपा एएमालेसँग प्रदेशसभामा ४० जना सांसद छन्।प्रदेश १ प्रदेशसभामा नवनिर्वाचित सांसदहरूलाई शपथग्रहणका लागि  ११ गते आह्वान&nbs

सम्बन्धित सामग्री

कांग्रेसको संसदीय दलको नेता बन्न प्रदेश १ मा तीन जनाको उम्मेदवारी

काठमाडाैं । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता बन्नका लागि तीन जनाले मनोनयन दर्ता गरेका छन् । विराटनगरको बरगाछीस्थित नेपाली कांग्रेस प्रदेश १ को कार्यालयमा प्रदेश १ का सभापति उद्धव थापा, केन्द्रीय सदस्य अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी दर्ता गर्नुभएको हो । यसअघि दलको नेतामा दावी गर्दै आउनुभएका केन्द्रीय सदस्य भीम पराजुली […]

प्रदेश १ मा कांग्रेसबाट को बन्ला संसदीय दलको नेता? तीनजनाको उम्मेदवारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ कांग्रेस संसदीय दलको नेता बन्न ३ जनाको उम्मेदवारी परेको छ। संसदीय दलको नेता चुन्न शुक्रवार बिहान गरिने मतदानका लागि बिहीबार ३ जना प्रदेश सांसदले आआफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउने प्रदेश सांसदमा प्रदेशका आन्तरिक मामिला मन्त्री केदार कार्की, पार्टीका केन्द्रीय सदस्य अमृत…

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ ।  काँग्रेसले आज मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारको लागि दरखास्त आव्हानलगायतका कार्यक्रम सार्वजनिक गरिसकेको छ । सोही कार्यक्रम अनुसार आज दिउँसो १२:३० बजेदेखि १:३० बजेसम्मका लागि उम्मेदवारको दरखास्त आव्हान हुनेछ । दिउँसो २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारका विषयमा दाबी विरोध, जाँचबुझ, उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यक्रम पनि आजै

प्रदेश १ : गठबन्धनभित्र मुख्यमन्त्रीमा तानातान

विराटनगर : प्रदेश १ मा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता सर्वसम्मत चयन भएका छन्।एमालेले पुस १० गते सर्वसम्मत रूपमा हिक्मतकुमार कार्कीलाई दलको नेता चयन गर्‍यो भने माकेले मंगलबार इन्द्रबहादुर आङ्बोलाई दलको नेता चयन गर्‍यो।दुईवटा दलले संसदीय दलको नेता चयन प्रक्रिया सिध्याएसँगै यतिवेला प्रदेश १ सरकारको नेतृत्वमा एमाले र माकेले नै दाबी गरेका छन्। आइतवारदेखि संघमा सत्ता समीकरण फेरिएसँगै प्रदेशमा पनि त्यसको प्रभाव परेको छ। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले हो भने माके तेस्

कांग्रेस प्रदेश १ ले प्रदेश सभा संसदीय दलको नेता पुस १५ गते चयन गर्ने

मोरङ – नेपाली कांगे्रस प्रदेश १ ले प्रदेश सभा संसदीय दलको नेता पुस १५ गते चयन गर्ने भएको छ। विराटनगरमा सोमबार अपराह्न बसेको कांग्रेस प्रदेश १ को कार्यसमिति बैठकले प्रदेश सभामा पार्टीबाट नेतृत्व गर्ने विषयमा छलफल गरी अघि बढ्ने जनाएको छ। बैठकपछि प्रदेश १ का सभापति तथा प्रदेश सभा सदस्य उद्धव थापाले संसदीय दलको नेताका […]

माओवादी प्रदेश–१ को दल नेतामा चापागाईं र आङ्बोको दाबी

विराटनगर – माओवादी केन्द्रले ११ पुसमा प्रदेश–१ संसदीय दलको नेता चयन गर्ने भएको छ। दल नेताका लागि दुई पोलिट्ब्युरो सदस्यहरु दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्बोले दाबी गरेका छन्। चापागाईं तेह्रथुमको प्रदेशसभा (ख) र आङबो पाँचथर प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन्। प्रदेश–१ मा माओवादीका १३ सदस्य छन्। तीमध्ये ९ प्रत्यक्ष र ४ समानुपातिक पद्धतितर्फबाट निर्वाचित […]

प्रदेश-१ मा कांग्रेस संसदीय दलको नेता छान्न चुनावको तयारी

५ पुस, विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छनोटका लागि सहमतिको सम्भावना टरेको छ । आकांक्षीहरुले दाबी नछाडेका कारण सहमतिको सम्भावना लगभग टरेको हो । संसदीय दलको नेतामा चार जना आकांक्षी छन् । संस्थापन पक्षबाट केन्द्रीय सदस्य अमृत अर्याल संसदीय दलको नेताको दाबेदार छन् । कृष्णप्रसाद सिटौला पक्षबाट प्रदेश १ सभापति उद्धव […]

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए।...