चितवन : पूर्वी चितवनकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणका आरोपी सुकदेव भण्डारी धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्।आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले सोमबार ५० हजार रुपैयाँ धरौटी लिएर आरोपी सुकदेव भण्डारीलाई छाड्न आदेश दिएको थियो। आरोपीले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको चितवन जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यले बताए।‘आरोपीले ५० हजार धरौटी बुझाउन नसकेपछि धरौटी नबुझाउँदासम्मको लागि कारागार थुनामा पठाइएको हो’, उनले भने, ‘धरौटी बुझाउन