बुडाल मृत्यु प्रकरण : हत्या आरोपमा चारजना कारागार चलान

बैतडी : दशरथचन्द नगरपालिका १० खडेनीका २५ वर्षीय जीवन बुडालको हत्याका आरोपित चारजनालाई कारागार चलान गरिएको छ।  जिल्ला न्यायधीश जयानन्द पनेरुको इजलासले पक्राउ परेका १६ जनामध्ये चारजनालाई पुर्पक्षका लागि कारागार चलान, छ जनालाई धरौटीमा रिहा र छ जनालाई साधारण तारेख  छाड्न आदेश दिएको हो ।गत फागुन १३ गते वनभोज मनाउन दोगडाकेदार गाउँपालिका ४ जाडाबगरस्थित चौलानी नदी किनार गएका जीवन सोही  राति नदीमा मृत अवस्थामा फेला परेका थिए । राष्ट्रिय अनुसन्धान बझाङमा सहायक सूचक रहेका बुडाल बिदामा घरमा आ

सम्बन्धित सामग्री

बास्तोला मृत्यु प्रकरण : साथी कारागार चलान, होटल सञ्चालक धरौटीमा छुटे

१३ फागुन, विराटनर । मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अर्का आरोपी उर्लाबारी–९ […]