काठमाडौं : वसन्तपुर दरबार स्क्वायरमा आज बिहान ७:४५ बजेको साइतमा चीर ठड्याइएको छ। लिंगोसहित रंगीविरंगी चीर उठाइएसँगै आजबाट विधिवत् रुपमा फागु सुरु भएको छ।
चीर ठड्याउनु अघि दरबार क्षेत्रबाट गुरुजुको पल्टन पशुपति पुगेको थियो। त्यहाँ रहेको गोरखनाथको मन्दिरमा गुर्जुको पल्टनले सलामी दिएको थियो।
त्यसपछि मयलको रुखको हाँगा लिएर गुरुजुको पल्टनले…