सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेसँगै वैदेशिक रोजगारीमा जाने औषत दैनिक ४ सयभन्दा बढी नेपाली रोकिने भएका छन् ।
श्रम गन्तव्य देशसँग समन्वय नै नगरी सरकारले अन्तर्राष्ट्रिय हवाई सेवा रोक्ने निर्णय गरेपछि वैदेशिक रोजगारीमा जाने दैनिक ४३० श्रमिकको रोजगारी नै गुम्ने देखिएकोे छ ।
सरकारले एक्कासि हवाई सेवा रोक्ने निर्णय गरेपछि वैशाख २३ गतेपछि श्रम गन्तव्य पुग्ने गरी हवाई टिकटको व्यवस्था गरेका श्रमिकको रोजगारी नै अलपत्र पर्ने भएको छ । सरकारले अन्तर्राष्ट्रिय उडान रोक्ने तयारी गरेपछि निषेधाज्ञा अवधिमा श्रम स्वीकृति लिएका र नयाँ...