सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘उखुम भयो नि’ सार्वजनिक भएको छ । अस्मिता अधिकारी र तिलक बम मल्लको स्वर रहेको गीत सुन्दर हमालको शब्द तथा राजन कार्कीको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा अभिनेत्री आंँचल शर्मा र सुनील क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । करण चैंसिरको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि थुप्रै गीत चर्चामा रहेका थिए ।