प्रगतिवादी साहित्यकार तथा गीतकार आविष्कार कलाले शब्दमार्फत् देशको पीर, मर्का र वर्तमान अवस्थालाई समेटेर देशभक्ति गीत लिएर आएका छन् ।गीतको बोल रहेको छ– ‘यही माटोमा’ । जनगायक जीवन शर्माले ‘यही माटो’मा स्वरसँगै संगीत भरिदिएका छन् । भिडियो गीतको एरेन्ज नारायण दंगालले गरेका छन् भने एडिटिङ तुलसी बास्कटोले गरेका छन् । उक्त गीत जनगायक शर्माको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ ।कुल ४ मिनेट ४४ सेकेन्डको भिडियोमा नेपालको सुन्दर प्रकृतिक वातावरण, भाषा, संस्कृति, नेपाली