कालीकोट – नेपाल विद्युत प्राधिकरणले दुल्लु देखि कालीकोट मान्म सम्मको ३३ केभी प्रसारण लाइनको परीक्षण कार्य सुरु गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणकोे कालिकोट सेवा केन्द्रले यही बैशाख २८ गतेदेखि दैलेखको दुल्लु, जब्बुकाँध, रामाघाट, पाल्ताडा, टुनिबगर, राकम, खिड्कीज्युला देखि कालीकोटको मान्म बजारसम्म गाडिएका पोलमा विद्युत प्रवाह परीक्षण गर्ने भएकाे हाे ।याे समयमा यस क्षेत्रमा तानिएका तारहरुमा विद्युत प्रवाह हुने भएकाले पोल तथा तारहरु नजिक नजान र नछुन सर्वसाधारणलाई अनुरोध गरेको छ । नेपाल विद्युत प्राधिकर...