आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र गोविन्दराज जोशी समूहबीच तालमेलको टुंगो लागेको छ । एमाले पार्टी कार्यालयमा बिहीबार बसेको बैठकले एमाले र जोशी समूहबीच तालमेलको टुंगो लगाएको हो । उक्त बैठकअनुसार जोशी समूहले व्यास नगरपालिकामा प्रमुखसहित चार वडाध्यक्ष पाउने सहमति भएको छ ।