काठमाण्डाै – नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौमा सुरु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो ।
वि.स. २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाइ बाँड्न सम्मेलन आयोजना गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो । उहाँले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले सफलता हासिल गरेको र यो अनुभव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न सम्मे...