२०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न आयोजित नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ को राष्ट्रपति विद्यादेवी भण्डारीले आज उद्घाटन गरेकी छन् ।
उद्घाटन सत्रमा आफ्नो विशेष मन्तव्य राख्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय समुदायले खुला हृदयका साथ गरेको सहयोग नेपालले तय गरेको भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापना कार्यको कार्यान्वयनका निम्ति कोशेढुंगा सावित भएको उल्लेख गरिन् । उहाँले अन्तर्राष्ट्रिय समुदायबाट प्रतिबद्धता गरेअनुसारको अधिकांश सहयोग प्राप्त भैरहेकोमा हर्...