डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा मधेसवादी दलहरूसँगै गठबन्धन गर्ने निर्णय गरेको छ । जनकपुरधामस्थित पार्टीको केन्द्रीय सचिवालयमा बसेको बैठकले स्थानीय निर्वाचनको समीक्षा गर्दै आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको नेता साहले जनाए । स्थानीय निर्वाचनमा दुई–दुईवटा गठबन्धन रहेकोमा जनमत पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिँदा अपेक्षित परिणाम आउन नसकेकाले आगामी निर्वाचनको लागि जनमत पार्टी अरू