सहकारीको मोबाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा

चन्द्रागिरि बचत तथाऋण सहकारी संस्थाले हाम्रो टेक्नोलोजी(एम.बैंक)को प्राविधिक सहयोगमा सिटी एक्सप्रेस मनीट्रान्स्फरसँग सहकार्य गरी नेपालमै पहिलो पल्ट सहकारीमा मोबाइल बैंकिङ एपबाट रेमिटान्स सेवा सुरु गरेको छ ।अब चन्द्रागिरिका सदस्यहरुले नेपालभर पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी चन्द्रागिरि मोबाइल बैंकिङ एपको प्रयोग गरी सजिलैसँग आफ्नै खातामा प्राप्त गर्न सक्ने भएका छन् […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंकले मोबाइल एपमा सुरु गर्‍यो रेमिट्यान्स सेवा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स मोबाइल बैंकिङ एपबाट  रेमिट्यान्स सेवाको सुरुवात गरेको छ ।

समृद्धि फाइनान्सद्वारा मोवाइल रेमिट्यान्स सेवा शुरु

जेठ २५, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा प्रदान गर्ने भएको छ । जस अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै ग्राहकहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी पाउने सक्ने कम्पनीले बताएको छ ।  रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘सेन्ड मनी’ मार्फत् सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैंकिङ एपमा रहेको रेमिट्यान्सबाट ‘रिसिभ मनी’ प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बंैक खातामा संकलन वा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ । साथै कम्पनीले सञ्चालनमा ल्याएको समृद्धि एम बैंक एप्लिकेशनबाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरीद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नुका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्ने बताइएको छ ।  हाल कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्दै आएको समेत कम्पनीले जानकारी गराएको छ ।

सानिमा बैंकको मोबाइल एपमा रेमिट्यान्स सेवा पनि

सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई–बैंकिङबाट रेमिट्यान्स पनि गर्न पाइने भएको छ । जसअन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको बैंकले जनाएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकले आन्तरिक रेमिट्यान्स सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन् ।रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट्यान्स’मार्फत सोझै नगद वा […]