काठमाडौं : वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने मतदानले ७५३ जना प्रमुख र उपप्रमुख निर्वाचित हुनेछन् भने ६ हजार ७४३ जना वडाध्यक्ष, सोही संख्यामा महिला सदस्य र दलित महिला सदस्य तथा १३ हजार ४८६ खुला सदस्य निर्वाचित हुनेछन्। जनप्रतिनिधि बन्न प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा एक लाख ४५ हजार १० जना प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले सार्व