सुक्खा पहिरो खस्दा अवरुद्ध भएको भालुवाङ-प्यूठान सडक अझै खुल्न सकेको छैन । बुधबार राति १० बजेतिर माण्डवी गाउँपालिका गर्जेनीमा सुक्खा पहिरो झर्दा सडक अवरुद्ध भएको हो । सडकभन्दा ६० मिटर माथिबाट सुक्खा पहिरो झरेर सडक पूर्णरुपमा ठप्प भएको सडक डिभिजन कार्यालय चकचकेका सवईन्जिनियर प्रकाश अधिकारीले बताए ।