काठमाडौँ: बुधबार मध्यान्ह नयाँबानेश्वर चोक भरिभराउ थियो। दिउँसो १ बजे संसद् बैठक सुरु हुँदै थियो। मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) अमेरिकी परियोजना संसदमा टेबल हुने खबरले बाहिर माओवादी नेता, कार्यकर्ता, वाइसीएल विरोधमा उत्रिएका थिए।
प्रदर्शनकारी, प्रहरी, सञ्चारकर्मीसँगै रमितेले भरिएको बानेश्वरको मूल सडकबाट सांसदको गाडी पनि जान सकेन। एमसीसीको विरोधमा उत्रेका वाइसीएलको भाषण…