झापामा सिमसार निर्माणका लागि खनिएको पोखरीमा डुबेर तीन जना बालकले ज्यान गुमाएपछि भद्रपुर – २ स्थित कमलधाप क्षेत्र तनावग्रस्त बनेको छ । पोखरी खन्ने जिम्मा लिएको निर्माण कम्पनीको लापरवाहीले अव्यवस्थित खाल्डो दलदलमा रूपान्तरण हुँदा तीन जना बालकको डुबेर मृत्यु भएपछि स्थानीय आक्रोशित बन्दा कमलधाप क्षेत्र तनावग्रस्त बनेकाे हो ।