काठमाडौँ उपत्यकामा ट्याक्सी र निजी सवारीमा कायम रहेको जोर बिजोर प्रणाली हट्ने भएको छ । कोरोना संक्रमण दर घट्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली हट्ने भएको हो । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को आजको बैठकपछि उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी बसेर भोलीबाट लागू हुने गरी नयाँ आदेश जारी गर्दैछन् ।काठमाडौँ उपत्यकाका ३ जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा अहिलेसम्मको निर्देशन कार्यान्वयनको समीक्षा पनि हुने बताईएको छ । सीसीएमसीको आजको बैठकले यातायातमा लगाइएको जोरबिजोर हटाउने र अन्य कतिपय क्षेत्रमा लगाइएको प्रतिबन्ध पनि खुकुलो पार्दै लैजाने निर्णय गरेको छ । विद्यालय भने माघ महिनाभर बन्द नै गरिनेछ ।