प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णुदेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताए ।उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उनका छोरा जयबहादुर

सम्बन्धित सामग्री

कुटपिटबाट वृद्धाको मृत्यु

मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमबार कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो। पुकार रायको घरपरिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी […]

हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु

महोत्तरी, साउन २४ ।  महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको  हरिणले आक्रमण गर्दा उनको मृत्यु […]

हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

काठमाडौँ । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ। बर्दिबास नगरपालिका-८ सतखोलीकी ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए। सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जान आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।

हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु

महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।सोमबार साँझ घर नजिकैको जङ्गलमा रहेको बाँसको झ्याङमा बस्न जाने आएको  हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

आगलागीमा परेर वृद्धाको मृत्यु

सङ्खुवासभाको चैनपुर नगरपालिकामा आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ । चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । आगोबाट जलेर घाइते भएकी मगरको उपचारका  क्रममा जिल्ला अस्पताल सङ्खुवासभामा मृत्यु भएको हो । खाना पकाउने क्रममा उनको लुगामा आगो सल्किएको थियो । उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।

डुबेर वृद्धाको मृत्यु

चितवन – इनारमा डुबेर एक वृद्धाको मृत्यु भएको छ। माडी नगरपालिका–७ किर्तनपुर प्रगतिटोल निवासी ७४ वर्षीया सुकमाया रानाभाटको इनारमा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान घरबाट निस्किएकी रानाभाट अबेरसम्म घर नपुगेपछि उनको खोजी भएको थियो। घर नजिकैको इनारबाहिर चप्पल तथा लौरो भेटिएको र वृद्धा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। वृद्धाको […]

मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ७२ वर्षीया चेतकुमारी जैशी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १६ प १६७७ नंको मोटरसाइकलको ठक्करबाट घाइते जैशीलाई रत्नहरि अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा छन् ।

डढेलोमा जलेर वृद्धाको मृत्यु

गुल्मी । स्याङ्जामा डढेलोमा जलेर एक वृद्धाको मृत्यु भएको छ । आइतबार साँझ ब्रतबन्धको निम्तो मान्न हिँडेकी वृद्धाको जंगलमा लागेको डढेलोमा जलेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी राजेन्द्रप्रसाद अधिकारीका  अनुसार आँधिखोला गाउँपालिका–१ निवासी ७२ वर्षीय टिकाकुमारी  तिवारीको पाखाखोला जङ्गलमा लागेको डढेलोमा जलेर मृत्यु भएको  हो ।

कञ्चनपुरमा जलेर वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ । घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।‘वृद्धा जलेको जनप्रतिनिधिले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो ।’ उनले भने, ‘वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।’

साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ