नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट सुरु : मधेश प्रदेशको विजयी सुरुवात

काठमाण्डौ – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट आजदेखि सुरु भएको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा मधेश प्रदेशले आयोजक गण्डकी प्रदेशलाई ४० रनको फराकिलो अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै अलआउट भयो । गण्डकी प्रदेशका लागि शीला क्षेत्रीले १० रन जोड्नुबाहेक अरुले दोहोरो अंकको रन जोड्न सकेनन् । मधेश प्रदेशकी अनुराधा चौधरीले ४ विकेट लिइन । कविता गौतम र शान्ति चौधरीले समान २/२ विकेट लिए । त्यसअघि ...

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : सिकाइ र सफलता सँगसँगै

औपचारिक उद्घाटन असोज २८ मा भनिए पनि नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट पोखरा रंगशालामा २३ गते नै सुरु भयो । सुरु भएकै दिनदेखि पानी पर्न थाल्यो । पटकपटक सरेको राष्ट्रिय खेलकुदमा मौसमको अड्चन आइपर्‍यो । पानीकै कारण क्रिकेटका केही खेल सरे भने केही खेल जसोतसो गरेर म्याटमा खेलाइयो ।

आज महिला क्रिकेटको उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज मंगलबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । पोखरा रंगशालामा उपाधिका लागि एपीएफ र पुलिसबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ । राष्ट्रिय खेलकुदमा पुलिसको महिला क्रिकेट टिमले पहिलो पटक सहभागिता जनाएको हो । यसअघिसम्म […]

नवौं राष्ट्रिय खेलकुद सुरु

गण्डकी प्रदेशको राजधानि पोखरामा अनौपचारिक रुपमा आइतबार देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार देखि पोखरामा सुरु भएको महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् ।पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई र बागमती प्रदेशले सुदुर पश्चिम प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् […]

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेट आजदेखि

२३ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा क्रिकेट रंगशालाको मैदानमा पहिलो दिन दुई खेल हुनेछ । उदघाटन खेलमा समूह ‘ए’ मा रहेका गण्डकी प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यो खेल बिहान सवा ९ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेल समूह ‘ए’ […]