चार मेट्रिक टन फोहोर व्यवस्थापन

काठमाडौँ । बागमती सफाइ महाअभियानको शनिवार ४७० औँ हप्तामा सिनामङ्गलस्थित बागमती नदी क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयं सेवा’ भन्ने नाराका साथ बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, सिभिल क्यापिटल मर्चेन्ट प्रालिबाट ११ जनाको समूह, बागमती फोहोर उन्मूलन उपभोक्ता समिति, स्थानीयवासी, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु एवं बागमती अभियानकर्मीलगायतको सहभागिता थियो । सो अवसरमा बागमती किनारका बासिन्दाको घरमा घरदैलो कार्यक्रम गरी जागरण गरिएको छ । नदीको किनारमा राखिएका बारको समेत व्यवस्थापन गरिएको छ । अर्को हप्ता शनिवार बिहान बढीभन्दा बढी स्थानीय बासिन्दालाई सहभागी गराउन स्थानीय युवासँग समन्वय गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।  आगामी शनिवार सिनामङ्गलस्थित बागमती पुलदेखि ५०० मिटर दक्षिण बागमती किनारमा सफाइको कार्यक्रम तय गरिएको पनि उनले सुनाए । २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिवार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा बागमतीका सहायक नदी सफाइ अभियान पनि शुरू भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।  यसैगरी, काठमाडौँ उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको बताइएको छ । यसैगरी गुह्येश्वरीमाथि लगायत बागमतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको बताइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रूपमा सफाइ अभियान जारी रहे पनि स्थानीय सरकारको हुनुपर्ने जति सहयोग भएको छैन । फोहोर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् । देशको राजधानी काठमाडौँ उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहोर उठेको छैन । सांस्कृतिक शहरका रूपमा समेत विश्वमा परिचित काठमाडौँमा फोहोर नउठ्दा पर्यटकमाझ नकारात्मक सन्देश गएको छ । स्थानीय सरकार फोहोर व्यवस्थापन आफ्नो काम होइनजस्तो गरी पन्छने गरेका छन् । केही अभियानकर्मीले भने स्थानीय तह निर्वाचनका बेला मत माग्न आउने राजनीतिक दलका नेतालाई यस विषयमा प्रश्न गर्न आमसमुदायमा आह्वान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अधिकांश स्थानीय तहका नेतृत्वले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका छैनन् । रासस

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापन जिम्मा सरकारलाई

काठमाडौं भ्याली मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ।...

टिआइएमा फोहोर व्यवस्थापन सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा बुधबारदेखि आन्तरिक रूपमै फोहोर व्यवस्थापन सुरु भएको छ । विमानस्थलमा रेस्टुरेन्ट, हवाई यात्रु, आगन्तुक र कर्मचारीबाट निस्किने फोहोर व्यवस्थापनका लागि अत्याधुनिक ‘इन्सिनेरेटर’ मेसिन सञ्चालनमा ल्याइएको हो । आन्तरिक टर्मिनलको...

उपत्यकाको फोहोर व्यवस्थापन एक साता प्रभावित हुने

काठमाडौं महानगरको फोहोर व्यवस्थापन एक साताका लागि प्रभावित हुने भएको छ । सिसडोलदेखि बन्चरेडाँडासम्मको दुई किमि सडक मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि एक साता फोहोर ढुवानी रोकिन लागेको हो ।  सिसडोल–बन्चरेडाँडातर्फको सडक स्थायी रूपमा...

राप्ती प्रादेशिक अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र स्थापना

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन हुने भएको छ। अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि उक्त समस्या समाधान हुने भएको छ। यसअघि अस्पतालबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा सर्वसाधारणले सास्ती...

चार महिनापछि फोहोर व्यवस्थापन

काठमाडौं, भदौ १८ । काठमाडौं महानगरपालिकाले गत वैशाखदेखि थुप्रिएको फोहोरको व्यवस्थापन चार महिनापछि सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले करिब चार महिनादेखि महानगरको सडकपेटी, चोक र गल्लीमा थुप्रिएको फोहोर व्यवस्थापन सम्पन्न भएको दाबी गरे । वैशाख १२ देखि नै फोहोर व्यवस्थापनमा अवरोध हुँदै आएको थियो । उनले भने, “विभिन्न कारणवश थुप्रिएको फोहोर […]

काठमाडौंका सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन

११ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहोर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहोर व्यवस्थापन भए पनि टेकु ट्रान्फर स्टेशनमा राखिएको फोहोर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहोर व्यवस्थापन भइसकेको र यदि […]

एक हप्ताभित्र सबै फोहोर व्यवस्थापन गर्न बालेनको निर्देशन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहोरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन् । काठमाडौँका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सै वडामा लागू गरिएको छ ।हाल कामपाको फोहोर व्यवस्थापन गर्ने स्थानमा विसर्जनको काम भइरहेको भएपनि निजी कम्पनी सहभागी भएका स्थानमा फोहोर उठ्ने सुरसार नै नभएपछि प्रमुख साहले निजीलाई

फोहोर व्यवस्थापन गर्न नयाँ प्रविधि

काठमाडौं, चैत ३० । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले आधुनिक प्रविधिबाट फोहोर व्यवस्थापन गर्न सुरू गरेको छ ।घरघरबाट निस्कने फोहोरलाई प्रदूषण रहित रुपमा व्यवस्थापन गर्न नगरपालिकाले गर्न जापानी प्रविधिको इन्सिनरेटर मेसिन जडान गरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाको आर्थिक सहयोग र हिटा हेभी मेसिनरी एन्ड रिसाइकलप्रालिको व्यवस्थापनमा घरघरबाट निस्कने फोहोरलाई […]

फोहोर व्यवस्थापन पुनः अनिश्चितकालका लागि ठप्प

काठमाडौं, फागुन २६ । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि पुनः उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले मुआब्जा लगायतका […]

समस्या नै समस्यामा फोहोर व्यवस्थापन

काठमाडौं । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले आफ्नो माग पूरा नगरेको भन्दै […]