कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई

नेपाली कांग्रेसले भ्रातृ संघ नेपाल दलित संघको केन्द्रीय समिति भंग गरेको छ । तत्कालीन सभापति मीन विश्वकर्माले समयमा अधिवेशन गर्न नसकेपछि १० वर्षसम्म संघको अध्यक्षका रुपमा काम गरे । गत वर्ष अधिवेशन गर्ने गरी शम्भू हजारा पासवानको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भए पनि त्यसले महाधिवेशन भने गर्न सकेन ।

सम्बन्धित सामग्री

अवधि समाप्त भएका भ्रातृ संगठनको तदर्थ समिति गठन गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले अवधि समाप्त भएका भ्रातृ संगठनहरूको तदर्थ समिति गठन गर्ने भएको छ । मंगलबार सम्पन्न भएको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सभापतिले फागुन मसान्तभित्र अवधि समाप्त भएका भ्रातृ संगठनको केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ,...