विराटनगर : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले पहिचानसहितको नाम राख्नुपर्नेमा जोड दिएका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका उनले आज (बुधबार) विराटनगर एयरपोर्टमा कुराकानीको क्रममा यस्तो बताएका हुन्।प्रदेशको नाम फेर्न जरुरी रहेको र पहिचानसहितको नाम राख्नुपर्नेमा जोड दिँदै उनले नाम राख्ने क्रममा हिजो भएको गल्ती सुधार गर्नु जरुरी रहेको समेत बताए। पछिल्लो समय पहिचान पक्षधरले गरेका आन्दोलनका विषयमा उनले आन्दोलन निषेध, दमन गर्नु&n