जलवायु पविर्तनसम्बन्धी राष्ट्रसंघीय महासन्धिका पक्ष देशहरूको २५ औँ सम्मेलन आउँदो मंसिरमा चिलीको सान्टियागोमा हुने कुरा प्रकाशमा आएको छ । त्यसो त यसैको पूर्वसन्ध्यामा भुटानको थिम्पुमा हालै अतिकम विकसित देश भनौँ एलडीसीका वातावरण, वन, जलवायु परिवर्तन मन्त्री, उच्च अधिकारी एवं विज्ञहरू भेला भई हरित ग्यासको उत्सर्जन कम गर्ने नीति र कार्यक्रम बनाउन सबैलाई ध्यानाकर्षण गराएका छन् । एलडीसीको ४७ देशको नेतृत्व भुटानले गर्दै गर्दा थिम्पुमा यसरी मन्त्रीस्तरीय बैठक बसेको हो ।