अञ्जन विष्टकाे 'ह्याट्रिक' मा नेपालकाे जित

काठमाण्डाै – बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेकाे छ । दशरथ रङ्गशालामा भएकाे खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायाे ।नेपालकाे जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलकाे पहिलाे हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे । याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् । यस्तै बंगलादेशका लागि खेलकाे ५७ औँ&...

सम्बन्धित सामग्री

अञ्जन विष्ट नेपाल सुपर लिगका लागि झापा एफसीमा अनुबन्धित

१२ असोज, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण फरवार्ड अञ्जन विष्ट दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)का लागि झापा एफसीसँग मार्की खेलाडीको रूपमा अनुबन्धित भएका छन् । झापा एफ.सी.ले आफ्नो सामाजिक सञ्जालबाट अञ्जन बिष्ट अनुबन्ध गरेको जानकारी दिएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५७ क्याप जितिसकेका विष्टले १२ गोल समेत गरेका छन् र […]

जितको दबाबमा नेपाल

नेपालका लागि भारतविरुद्ध पनि स्ट्राइकर अञ्जन विष्ट प्रमुख खेलाडी रहनेछन्। गत संस्करण नेपालको फाइनल प्रवेशको यात्रामा नायक बनेका अञ्जनले दुई पहेँलो कार्डका कारण भारतविरुद्धको फाइनल भने गुमाएका थिए।...

भुटानसँगको खेलका लागि नेपालको पहिलो रोजाईँ , अञ्जन विष्ट सुरुवात गर्दै

१४ चैत, काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा भुटानसँगको खेलका लागि नेपालको पहिलो रोजाईमा अञ्जन विष्ट परेका छन् । प्रशिक्षक अल्बर्टो एनेसले लाओससँग खेलेको टोलीमा १ परिवर्तन गर्दै भरत खवासको ठाउँमा अञ्जनलाई स्टार्टिङ लाइन अपमै मैदान उतारेका हुन् । यसअघि लाओससँगको खेल नेपालले २–० ले जितेको थियो । भुटान भने लाओससँग २–१ ले पराजित […]

अञ्जन ६ हप्ता मैदानबाहिर

नेपाल राष्ट्रिय फुटबल टोलीका अञ्जन विष्ट ६ साता मैदानबाहिर हुने भएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटाको प्रतिस्पर्धामा अञ्जन घाइते भएका थिए । घाइतेका कारण नै अञ्जनले मच्छिन्द्र फुटबल क्लबविरुद्ध...

आइ लिग खेल्न अञ्जन भारततर्फ

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर अञ्जन विष्ट व्यवसायिक फुटबलका लागि भारत प्रस्थान गरेका छन्। उनी भारतको आइ लिग क्लब केन्क्रे एफसीसँग सम्झौता गर्दै शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। यसै सिजन मात्र मनाङ छाडेका अञ्जनले चर्च ब्वाइज युनाइटेड क्लबसँग सहिद स्मारक ए डिभिजन लिगका लागि सम्झौता गरेका थिए। उनीले पहिलो पटक देशबाहिर व्यावसायिक फुटबल […]

अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । शनिबार ललितपुरको कुसुन्तिमा रहेको स्कुल परिसरमा आयोजित कार्यक्रमबीच अञ्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरिएको हो ।स्कुलका अध्यक्ष विनोद यादव र अञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि दुई वर्षको छ । सम्झौतासँगै अञ्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा […]

फुटबलर अञ्जन विष्ट बने माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेस्डर

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डर अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् ।

अञ्जन विष्ट बने झापा एफसीको मार्की प्लेयर

१५ फागुन, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन विष्टलाई मार्की प्लेयर नियुक्त गरेको छ । एनएसएलमा यसै संस्करणदेखि सहभागी झापाले आइतबार एक कार्यक्रमका बीच अञ्जनलाई मार्की प्लेयर घोषणा गरेको हो । झापा एफसीको तर्फबाट महासचिव सुजन गौतम र मार्की प्लेयर अञ्जन विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे […]

नेपाल सुपर लिग : अञ्जन विष्ट बने उत्कृष्ट फरवार्ड

काठमाडौं। ललितपुर सिटीका कप्तान अञ्जन विष्ट नेपाल सुपर लिगको उत्कृष्ट फरवार्ड घोषित भएका छन्। यससँगै उनले एक लाख रूपैयाँ पाएका छन्। अञ्जनले प्रतियोगितामा तीन गोल गरे। अञ्जनको कप्तानीमा रहेको ललितपुरले तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो। इलिमिनेटरमा बुटवल लुम्बिनीलाई १-० ले पराजित गरेको ललितपुर दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्ससँग ३-० ले पराजित भएको थियो।