आलमको मुद्दा हेर्न नमिलेपछि सुनुवाई सर्यो

सर्वोच्च अदालतमा रौतहट बम विस्फोटको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काङ्ग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले उक्त मुद्दाका सुनुवाई गर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो । सर्वोच्च अदालतमा प्रवक्ता बाबुराम …

सम्बन्धित सामग्री

पूर्वमन्त्री आलमको मुद्दा हेर्दाहेर्दैमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्दाहेर्दैको सूचीमा राखेको छ। यसअघि हेर्दाहेर्दैमा राखिएको मुद्दामाथि शुक्रबार न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ तोकिएको थियो। सर्वोच्चले सुनुवाई नसकिएकाले...

आलमको मुद्दा हेर्न नभ्याईनेमा

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याईनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा सुनुवाई तोकिएकोमा हेर्न नभ्याईनेमा परेको हो। आलमलाई ०६४ चैत...

मोहमद अफ्ताब आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौँ । थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दामा शुक्रबार पनि सुनवाइ नहुने भएको छ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका आलमको मुद्दा सुनुवाई नहुने भएको हो ।

आफ्ताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’

थुनाबाट छुट्न पाउनुपर्ने माग सहित काँग्रेसका पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले दिएको निवेदनमा शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।  बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् । सो आदेश बिरुद्ध उनले सर्वोच्चमा निवेदन दिएका थिए ।

आलमको मुद्दा हेर्न नमिल्ने

मोहम्मद अफ्ताव आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाई तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।  २०६४ सालमा भएको पहिलो संविधान सभा...