काठमाण्डाै – चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी भयो । असोज ३ गते आममाफी पाएपछि मृतककी श्रीमती भारती मानन्धरले अनशन शुरु गर्नुभयाे । सरकारले आममाफी दिएसँगै विभिन्न पक्षबाट सरकार र राष्ट्रपतिको आलोचना भयो । भारतीले सरकारको सिफारिस र राष्ट्रपतिको स्वीकृतिविरुद्ध सर्वोच्चमा अदालतमा रिट दिनुभयाे । सर्वाेच्चले रिगलकाे आममाफी बदर गर्दै पुनः पक्राउ गरी बाँकी कैद सजाय भुक्तान गर्न जेल पठाउने आदेश दिएस...