बुटवलमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिन बहादुर गुरुङले उपमेयरको गाडी अशक्त र असहायका लागि एम्बुलेन्सका रूपमा प्रयोग गर्ने घोषणा गरेका छन् । उनले आफू जनप्रतिनिधि भए पनि जनताको लागि सेवा गर्न जाने भएको सुविधामुखी नहुने बताएका हुन् । सोमबार बुटवलमा मतदाताहरू भेटघाट गर्दै गुरुङले उपमेयरका लागि प्रयोग हुने गाडी ज्येष्ठ नागरिक,गर्भवती महिला, बालबालिका तथा विपन्न समुदायका लागि निःशुल्क एम्बुलेन्सका रूपमा प्रयोगमा ल्याउने प्रतिबद्धता जनाए । उनले बुटवल उपमहानगरलाई न्या