सुर्खेत : बराहताल गाउँपालिका-१० सुर्खेतका युवराज गौतम उमेरले २४ वर्षका मात्र भए। मिर्गौलाका बिरामी उनी डेढ वर्षको छोरा, पत्नी र बुढा भइसकेका आमाबुवासहित वीरेन्द्रनगरमा भाडामा बस्दै आएका छन्।उनी आफू मिर्गौलाको बिरामी भएको पीडाभन्दा पनि कोठाभाडा जुटाउन र कसरी छाक टार्ने नसक्दाको पीडाले बढी पिरोलिइरहेका हुन्छन्। भारतको बैंगलोरस्थित एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डको काम गर्थे उनी। उनले त्यसबाटै परिवारको खर्च चलाइरहेका थिए।तर, गएको भदौमा एक्कासी बिरामी परेपछि