रामेछाप : रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत विहीबार जुनार बीमा गरिएको हो।परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुराना गाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरी किसानको बगैँचामा पुगेर बीमा लेख हस्तान्तरण गरेको हो।बीमा गर्नु अघि जुनारको पिसिआर जाँच गर्दा स्वस्थ देखिएपछि बीमा गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका प्रमुख थिर लाल गैरेले जानकारी दिए। उनल