रामेछाप– रामेछापमा पहिलो पटक जुनार खेतीको बीमा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत बिहीबार जुनार बीमा गरिएको हो । परियोजनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड मार्फत जिल्लाको रामेछाप नगरपालिका ६ पुरानागाउँका ३ जना कृषकको ६ सय बोट जुनारको बीमा गरि किसानको बगैँचामा पुगेर बीमा लेख हस्तान्तरण गरेको हो । […]