काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले प्रधानमन्त्री केपी ओलीलाई सोधिएको स्पष्टीकरण पत्र बालुवाटारमा बुझाएका छन्।
माघ २ को स्थायी कमिटी बैठकले ओलीलाई किन साधारण सदस्यबाट नहटाउने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। आफ्नो समूहको प्रतिनिधिका रुपमा अध्यक्ष प्रचण्ड-नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय…