भारतले अनुदानमा दिने भयो १० लाख डोज कोरोना भ्याक्सिन
बुधबार स्वास्थ्य मन्त्री हृदयश त्रिपाठी र भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन गरेर उक्त खोप बिहीबार नेपाल आउन लागेको जानकारी दिए।
काठमाडौँ । कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो ।