रोल्पाको लुङ्गी गाउँपालिकाकी एक महिलालाई साउन २ गते आफ्नै ससुराले करणी गरे । घटनाको अर्को दिन वडाध्यक्षसहित आठ जनाले उक्त घटना गाउँमै मिलापत्र गरेर सामसुम पारे । त्यस्तो मिलापत्र पीडितलाई चित्त बुझेन । उनले साउन ४ गते जिल्ला प्रहरीमा ससुराले आफूमाथि जबरजस्ती करणी गरेको र अन्य आठ जनाले घटना मिलाउने प्रयास गरेको भन्दै किटानी जाहेरी दर्ता गराइन् ।