झन्डै ४ वर्ष समय गुजारेको संघीय संसद् पछिल्लो १ वर्षदेखि गतिहीन अवस्थामा पुगेको छ । संसद्मा जनताको आवाज मुखरित हुन पाएको छैन भने अर्कोतिर संसद्को मुख्य काम मध्ये कानुन निर्माणको काम पनि ठप्प छ । ५ वर्षको कार्यकाल रहेको संघीय संसद्को दसौँ अधिवेशन चलिरहेका बेला दुवै सदनमा गरेर ५७ विधेयक विचाराधीन अवस्थामा छन् । पछिल्लो एक वर्षदेखि फूल हाउस तथा संसदीय समितिहरूमा विधेयकले ठोस गति लिन सकेको छैन । हाल प्रतिनिधि सभामा ४२ र राष्ट्रिय सभामा १५ विधेयक गरी ५७ विधेयक विचाराधीन अवस्थामा रहेका हुन् । यस्