काठमाडौँ । अछाममा एक जना किशोर मृत फेला परेका छन् । पञ्चदेव विनायक नगरपालिका-४ तल्लको कुच्चीमा १७ वर्षीय विनोद शाही मृत फेला परेका हुन् । जेठ १७ गते बेपत्ता भएका शाही शनिवार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अहिले प्रदर्शनकारीहरूले नाराबाजी गर्दै सडकमा टायर बालेका छन् ।