दमक- इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजङ्घा लिपी लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबार औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लावतीले बताए । लिम्बू बाहुल बसोबास रहेको सो वडाले वडाभित्रका सरकारी कार्यालयमा सरकारी कामकाजी भाषारूपमा राखिने उनले बताए । […]